Page 09 / Blog Post

Personal Hobbies

Time When I used to write short Love Stories

← Back to Thoughts & Writing

Short Stories and Passion for Writing

Time When I used to write short Love Stories

Story - 1

Read Time: 4 minutes


❤️
'यसरी बोल्यो भने त केटीहरु रिसाउछन बाँदर!'
'रिसाए म के गर्नु त? कोहि रिसाउछ भनेर म आफुलाई परिवर्तन गर्न सक्दिन!'
'टाढा जान्छन भन्ने डर लाग्दैन?'
'को नजिक छ र? जो नजिक थिए हराइसके अब गुमाउनु पर्ने कुनै कुरा बाकि छैन!'
'अनि म?'
'तँ त मेरो मिल्ने साथि हो नि! यसरि बोल्दा तँ पनि रिसाउँछेस् र?'
'तेस्तो होइन!'
'किन सोधिस त त्यसो भए?'
'तेरो मनको कुरा बुझ्न!'
'तँसँग के कुरा लुकाको छु र?'
'त्यहि पनि हुन्छ नि!'
'के हुन्छ? के बुझिस त उसो भए?'
'त्यहि तैंले मलाई के सोच्छस भनेर बुझेँ!'
'के सोच्दो रहेछु त?'
'साथि!'
'होइन र?'
'मात्र?'
'के भन्छे? के आशा गरेकी थिईस र?'
'त्यो भन्दा माथि!'
'मैले बुझिन!'
'भयो छोड्दे!'
'लौ भन न! नबुझेको कुरा सोध्न परेन र?'
'मैले भने पनि बुझ्दैनस, त्यसैले छोड्दे यो कुरा!'
'हवस हजुर, हजुरको जो इछ्या!'
यति लेखेर पठाएँ! एकछिन सम्म पनि उसले रिप्लाई गरिने! 'एक्टिव 5 मिनेटस अगो' देखायो! ऊ अफलाइन भैसकेकी रैछे! त्यसपछि म पनि डाटा अफ गरेर बिस्तारामा पल्टेको भुसुक्कै निदाएछु!

...
'तँ मसँग त्यति नजिक भएर बोल्ने गर्थिस! आफ्नो मनमा कुनै कुरा लुकाउदैन थिइस र म पनि आफ्नो मनका सबै कुराहरु भन्थेँ! मेरो समस्याहरुको समाधानको उपाए लागाइदिने पनि गर्थिस! मलाई जे कुरामा पनि हौसाउने गर्थिस! यिनै कुराले गर्दा तँ निकै नजिक भएको थिइस! अझ उसँगको सम्बन्ध बिच्छेद पछि मसँग झन नजिक भईस! लाग्थ्यो तँ कसैको सहारा खोजिरहेको छस! त्यसैले मैले पनि तलाई सके सम्मको सहारा दिने कोसिस गरें! कुनै कुनै मित्रताहरु बिना कुनै प्रस्ताव प्रेममा परिणत हुन्छन! तेरो र मेरो सम्बन्ध पनि सायद यस्तै भएको होला भन्ने महसुस गरेकी थिएँ! म भ्रममा रहिछु! मलाई कहिले थाहा भएन तँसँग कसरी प्रेम गर्न पुगें! तँसँग कुरा गर्दागर्दै तेरै लत बसिसकेछ! तर आज तेरो कुराले म झसङ्ग भएँ र आफु प्रष्ट पनि भएँ! तँ मात्र साथि सोंच्ने रैछस! म त एकहोरो माया गरेकी रैछु! सायद अब मैले आफुलाई परिवर्तन गर्नु पर्छ! अब म पहिला जस्तो बोल्ने छैन तँसँग! बिस्तारै तेरो लत हटाउनु छ मलाई! प्लिज माइन्ड नगर है!'
ब्युझिएर डाटा अन गरे लगत्तै मेसेन्जरमा आएको मेसेज नोटिफ़िकेसनले मेरो ध्यान त्यतै लग्यो! खोलेर हेरेँ, रीतिकाको मेसेज रैछ! उसको मेसेज पढ्दा आफुलाई सम्हालिन निकै गारो भयो! मन गरुङ्गो भयो! टाउकोमा एक कुइन्टल भारि बोके जस्तो भान भयो! केहि अपुग त केहि गुमे जस्तो दिमागभरि सन्नाटा छायो!

...
'प्लिज रीतिका! पहिला जस्तो बोल्ने छैन भनेर टाढिन नखोज! एउटा तँ त छेस जो मेरो कचकच अनि मेरा समस्याहरु बिना कुनै हिचाकिचाहट सुनी दिन्छेस! तँ बाहेक को छ मेरो कुरा सुनिदिने? तँसँग मेरा मनका कुरा पोख्न पाउँदा आफुलाई हलुका भएको महसुस गर्छु! एउटी तँ त छेस जसले मलाई प्रोत्सान दिएको होस! एउटी तैं त छेस जसले मलाई समस्या पर्दा सान्तवना दिन सकोस! एउटी तैं त छेस जसले मेरो ओइलाएको जीवनमा उर्जा थप्ने काम गरेको होस! तँ पनि यस्तो भन्छेस भने मेरो हालत के हुन्छ होला? आफै सोंच त! समस्याहरु सबैले सुनिदिन्छन, फरक यहिँ छ- अरुलाई कहानी मन पर्छ र सुन्छन, तँलाई समस्याको उपाए निकाल्नु पर्छ र सुन्छेस! सो, स्टे दि सेम रीतिका!'
मेसेज टाइप गरिसकेपछि सेन्ड अप्सनम टच गरें! टच गर्न साथ "यू कान्ट रिप्लाई टु दिस कन्भरसेसन' देखियो! यति देखे पछि मन अताल्लिएर आयो, मुटु धड्केको आवाज बाहिरै आइपुग्यो! त्यो समयमा केहि सोच्न सम्म पनि सकिन! दिमागमा 'सुन्य सुन्य छु म' भन्ने गीत गुञ्जियो! अनि त के थियो र, फेसबुक अनि मेसेन्जर दुवै लग आउट गरेर मोबाइलको म्युजिक लाइब्रेरीमा गएर त्यहिँ गीत करिब १०/१५ चोटी सुनेँ होला!


Story - 2

Read Time: 3 minutes

#टुक्रा ❤️
आफ्नो बायाँ हात मलाई देखाउँदै भनिन, 'हेर त कस्तो गाढा बसेको छ मेहेन्दी! हिजो लगाएको अहिले सम्म पनि केहि भएको छैन!'
'त्यहि त, यसपाली अलि क्वालिटीवाला मेहेन्दी किनिछौ!' उसको हात हेर्दै मैले भनेँ!
'कस्तो होला? मैले जे भने पनि तिमीलाई ठट्टा जस्तो लाग्छ है?' आफ्नो मेहेन्दी लगाएको हात हावामा झ्याक्दै भनिन!
'किन रिसाएको फेरी? के भयो? मैले त ठिकै भनेको होइन र?' उसको रिसलाई शान्त पार्ने हेतुले मैले भनेँ!
उनको रिस झन् बढ्यो मेरो कुराले! अनि भन्न सुरु गरिन, 'क्वालिटी राम्रो भएर मेहेन्दी गाढा भएको होइन, यो त आफुले मन पराएको मान्छेसँग जति धेरै माया गरिन्छ त्यति धेरै गाढा बस्छ!'
उनले भन्दै गइन, 'खैर छोड्देउ, तिमीलाई यस्तो कुराले के महत्व राख्छ र? म पनि त्यसै के के भन्छु!'
उनको कुरा सुनेर उत्सुकता लाग्यो! झन जिस्किन मन लाग्यो, अनि भनेँ, 'ओहो! को हो तेस्तो मन पराएको मान्छे? एक्लै एक्लै खुब!'
यति भनि सके पछि आफ्नो हाँसो काबुमा राख्न मुस्किल पर्यो! खित्का छोडेर नै हाँसीदिएँ!
तर, उता उनि रिसले चुर भएकी थिइन्! आफ्ना ति नसालु आँखा कोर्के पार्दै भन्दै थिइन, 'यो मान्छेबाट मलाई छुटकारा मिलाइदेउ प्रभु!'
मैले थपिदिएँ, 'तेसो भए त ब्रत पनि छ होला होइन?'
उनको रिस अझ बढ्दो थियो, भनिन, 'छैन ब्रत स्रत! किन लिनु?'
'मबाट छुटकारा मिलोस भनेर भगवानलाइ घुस दिनलाई!' मैले हाँस्दै भनेँ!'
आफ्नो दायाँ हातले जोडले मेरो ढाडमा हिर्काइन अनि भन्दै थिइन, 'कहिले कसो मेरो कुरालाई सिरिअस्लि पनि लिने गर न!' यति भन्दा उनि निकै गम्भीर देखिन्थिन! उनको आवाजमा पनि परिवर्तन आएको थियो! मलिनो रुन्चे आवाज बनाएकी थिइन! उनको यो हालत देखेर मलाई नै गिल्टी फिल भयो! बोल्ने कुनै शब्द भेटाइन! अलि नजिक सरेँ अनि अँगालोमा लिएर जोडले कसेँ! यति बेला सम्म त उनका आँखा रसाईसकेका रैछन! उनको आँशु रोक्न मलाई आउंथ्यो!
अनि भनिदिएँ, 'थाहा छ? तिमी त मेरो जिन्दगी हो! लभ यू अ लट!'
यति सुनिसके पछि अँगालोबाट फुस्किदै भनिन, 'पागल! जाउ उता!'
'उम, तिम्रो लागि!' जवाफमा यत्ति भनिदिएँ!
मेरो कुराले उनको मुहारमा फेरी उही रौनकता छाएको थियो! हत्तनपत्त आफ्ना रसाएका आँखा पुछ्दै अनि उत्साहित हुँदै भनिन, 'थाहा छ? आज मैले व्रत राखेकी छु नि!'
'थाहा थियो मलाई, मबाट छुटकारा मिलोस भनेर होइन?' मैले जिस्किदै भनेँ!
'फ़ेरि?' मेरो कुरा सुने पछि उनि रिसाउदै थिइन् अनि आफ्ना दुवै हातलाई हलुका कसेंर मेरो छातीमा मुटुको धड्कनसँग ताल मिलाउँदै धकधकउदै थिइन्! मैले भने मेरो दुबैहातले उनलाई समाएर त्यहिँ छातीमा टाँसिदिएको थिएँ!


Did you like these two short stories? Do you want to read more? Click Here