Time When I used to write short Love Stories
Read Time: 5 minutes
❤️
म आफ्नै सुरमा हिँडिरहेको हुन्छु! समयमै पुग्नु पर्ने छ त्यो ठाउँमा! पाँच मिनेट मात्रै ढिला भयो भने आजको लागी मेरो काम स्थगित हुने वाला छ! आज काम भएन भने मेरो काम सुरु हुन मात्र पनि अझै दुई दिन कुर्नु पर्छ! अझ राम्रोसँग हिसाब गर्दा तीन दिन हुन आउँछ! किन कि आज शुक्रबार हो, अहिले बिहानको ११:३० भयो! मलाई १२ बजे भित्रै पुग्नु पर्ने छ! त्यो अफिस दिउँसो १ बजे बन्द हुन्छ! म १२ बजे भन्दा ढिला पुगेँ भने भन्नेछन- 'अब एक घण्टा पनि छैन बन्द हुन, अहिले सुरु गरेर काम सकिन्न, बेकार अचकल्टो हुन्छ, अब आइतवार देखि हजुरको काम सुरु गरौँला!'
यस्तै यस्तै कुरा दिमागमा खेलेर मैले बाटोमा कुनै कुराको पर्बाह नगरी हिँडेको हुन्छु! भीड एकदम ठुलो छ! सबै आफ्नै आफ्नै धुनमा हिँडिरहेछन, सायद त्यसैले गर्दा होला म अघि आइरहेको मान्छेलाई पनि देख्दिन! अल्झिन्छु एउटा लठ्ठीमा! म लड्छु भुँइमा! अनि आवाज सुन्छु - 'आँखा नदेख्ने भए पछि घण्टी बजाउँदै आउनु पर्छ नि, कमसेकम मैले थाहा पाएर बाटो छोडिदिन्थेँ!'
बिस्तरै उठ्छु अनि पछि फर्केर हेर्छु! एउटा कालो चश्मा लगाएको अर्धवैँषे मान्छे हुन्छ! उ कसैको साहारा खोज्दै हुन्छ! उसको एउटै साहरा लठ्ठी पनि उछिट्टिएर पर पुगेको हुन्छ! विचरा त्यो त दृष्टिविहीन मान्छे हुन्छ! उसको लठ्ठी भएतिर जान्छु, टिप्छु, उ भएतिर जान्छु अनि लठ्ठी उसको हातमा दिँदै माफी माग्छु!
उ केहि नबोली त्यहाँबाट आफ्नै गन्तव्य तिर हिँड्न सुरु गर्छ! म त्यसैलाई हेर्दै बस्छु एकछिन सम्म अनि सोँच्छु- 'कस्तो अचम्म? यीनीहरु आँखाले देख्दैनन तर पनि त्यहिँ एउटा लठ्ठीको साहराले आफ्नो गन्तव्य भेटाउँछन!'
'फेरी आफुलाई ढिलो भएको सम्झन्छु, अनि बिस्तारै त्यहीँ मान्छेलाई हेर्दै आफ्नो खुट्टाहरु पछि सार्छु! आँखाले राम्रोसँग देख्ने समयसम्म उसैलाई हेरेर उल्टो हिँडिरहेको हुन्छु म! उ आँखाबाट ओझेल पर्न खोज्दा म मोडिन्छु! म ठोक्किन्छु जोडसँग! निधार ठोक्किएको हुनाले म आफ्नो दाहिने हात ठोकिएको ठाउँनिर पुराएर थिचिरहेको हुन्छु, किनकी मलाई टुटिल्को उठ्ला भन्ने पीरले पिरोल्छ! म आफ्ना आँखा खोल्न पनि नभ्याउँदै एउटा आवाज सुन्छु- ' कस्तो कस्तो नमुनाहरु हुन्छन बा?'
एउटा मसिनो आवज, हो अनि मधुरो पनि, त्यो एउटा केटीको आवाज हुन्छ! म आफ्ना आँखा खोल्छु, आवाज आएको ठाउँतिर हेर्छु! आँखा उसको खुट्टामा पर्छन, हिल लगाएको देख्छु! माथितिर आँखा सार्दै जान्छु, सेतो कुर्थामा कालो चुडिदार सुरुवाल लगाएकी एउटी सुन्दर युवती देख्छु! उमेरले १७ देखी २० वर्षकी जस्ति देखिन्छे! आखाँ उसको अनुहारमा पुराउँछु, उसका आँखा एकदम ठुला देखिन्छन मानौँ उसले अब मलाई थप्पड हान्ने वाला छे! उसका दुइवटै हातले आफ्नो नाक र मुख छोपेकी हुन्छे!
म उसलाई एकटकले हेरीरहेको हुन्छु, उ मलाई रिसाएर हेरीरहेकी हुन्छे! उचाइमा म बराबर नै हुन्छे तर हिल लगाकोले उ अलि अग्लि देखिन्छे! अनि फेरी बोल्छे-' यस्तो व्यस्त बाटोमा पनि किन उल्टो हिँडिरहेको?'
उ मलाई प्रश्न सोध्छे, म केही बोल्न सक्दिन मात्र हेरीरहेको हुन्छु वाल्ल परेर! उसको प्रश्नको जवाफ दिने हो भने म झन बढि समस्यामा पर्ने वाला हुन्छु, मेरो मतलब उ मलाई पागल सम्झिने वाला छे! म माफी माग्न खोज्छु तर आवाज गला भन्दा माथी आउँदैन! मेरो अनुहारको भाव पढेकी हुँदी हो उसले, म डराइरहेको हुन्छु!
फेरी उसैको बोल्ने पालो हुन्छ- ' हरे शिव! किन नबोलेको? लाटो हो तिमी?'
उ झन बढि रिसाएकि हुन्छे! धेरै चुप बस्न मनले दिदैन मलाई! अनि म बोल्छु -'म त पछि फर्केर हिँडेको मान्छे, तिमी अघि हेरेर हिँडेकी, देखेपछि तर्किनु पर्दैन?'
म उसलाई उल्टै प्रश्न गरिदिन्छु। आफ्नो गल्ति देखाउन उचित ठान्दिन।
'तर्किन लागेकी थिएँ, तिमी एक्कासि मोडियौ!', उसले जवाफ दिन्छे।
'त्यसो भए गल्ति कसको त?', म प्रश्न गर्छु!
उ मलाई आँखा ठुलो पारेर हेर्छे। आफ्ना दुबैहातले नाक र मुख उसै गरि छोपेकि छे। अलि रिसाएको जस्तो देखिन्छे, अनि भन्छे, ' यहाँ गल्तिको कुरा कहाँबाट आयो? यदि गल्तिकै कुरा गर्ने हो भने त्यो न तिम्रो थियो, न त मेरो नै! सायद गलत यो समय थियो, जसले हामी दुईलाई यसरी जुदाइदियो।'
उसको कुरा सुन्दा हल्का रोमान्टिक लाग्यो तर केहि बुझिन सायद धेरै साहित्यिक भाषा प्रयोग गरेकि थिई।
'सरी! इट वाज माई फल्ट', उसको त्यति कुरा सुने पछि यति भन्न बाध्य हुन्छु。
'द्याट्स फाइन।', उसले भन्छे। अनि फेरि बोल्छे, 'रुमाल छ तिमीसँग?'
म वाल्ल पर्छु, किन रुमाल चाइयो अहिले उसलाई! उसलाई म चिनेको पनि छैन। उ पनि मलाई सायदै चिन्दिहो। एक अपरिचित ब्यक्तिसँग रुमाल माग्नु कहाँ सम्म ठीक हो। म केहि बोल्दिन, मात्र उसैलाई हेरिरहन्छु। फेरी उही बोल्छे, 'छ कि नाई?'
'छ' ।
'देउ त मलाई।'
'किन?'
'मेरो नाकबाट रगत जो निकाल्देको छौ, पुछ्नु परेन?', उसले जवाफ फर्काउछे。
बल्ल थाहा पाउछु, उसले आफ्ना दुबै हातले नाक र मुख समाउनुको कारण। केही नसोचि आफूसँग भएको रुमाल निकालेर उसैलाई दिन्छु। रुमालले नाकबाट निस्केको रगत पुछ्दै भन्छे, 'धन्यबाद' ।
'के का लागि?'
'रुमालको लागि।'
'गल्ति मेरो थियो नि त।'
'जे भए पनि।', उ गुनगुनाउछे。
म केहि बोल्दिन, मात्र टाउको तल माथि गरेर हल्लाउछु। फेरि बोल्ने पालो उसैको हुन्छ। भन्छे, 'अलि हतारमा देखिन्छौ नि?'
'यहाँ कसलाई फुर्सद छ र?' उसलाई जवाफ दिन्छु。
'उम हो त्यो त।'
'तिम्रो नाम के हो?', बल्ल उसको नाम सोध्ने होस पाउछु。
'किन चाहियो नाम?'
भुटेर खान। मनमा आएको जवाफ, उसलाई भन्न मन पनि थियो तर भन्नु उचित ठान्दिन। भन्छु, 'यति बेर कुरा गरीयो, कमसेकम कोसँग कुरा गरियो भन्ने त थाहा हुन पर्यो नि, के भन्छ्यौ तिमी?'
'बाटोमा यसै भेटिएकी बटुवा भनेर बुझ न।' उसले भन्छे।
'त्यो त छदैं छ नि, नाम थाहा भए सम्झिन सजिलो हुन्थ्यो नि।'
'तिम्रो मोबाइल नम्बर देउ बरु, म मेसेज गर्छु।'
'नाम पनि मेसेजबाट भन्ने?'
'होइन, रुमाल फिर्ता दिनु परेन?'
'तिमी राखन मेरो तर्फबाट चिनो हुन्छ।'
'के नाताले राख्नु?'
'एउटा अनजान मान्छेको चिनो सम्झ न।'
'त्यो आफ्नो ठाउँमा छ, नम्बर पनि दि राख न।', उसले भन्छे।
अब धेरै भाउ खाइराख्न मनले दिदैन। सायद यो भाउ भन्ने चीज हामी केटाहरुको लागि होइन। यो त उनिहरुकै लागि हो जसले गर्दा उनिहरु नदिएको भाउ पनि खोजि खोजि खाने गर्छन। बरु उसको मोबाइल मागेर फोन किप्याडमा मेरो नम्बर लेखेर उसैलाई फोन दिन्छु। उ मलाई हेर्दै मुसुक्क हाँस्छे अनि भन्छे, 'के नाममा सेभ गरुम?'
Want to see picture collection? Click Here